कल्पना के.सी मृत्यु प्रकरण : परिवार र स्थानीय सरकार बीच सहमति – परिवारले अब शव बुझ्ने

दाङको तुलसीपुर मा सवार दुर्घटना परि मृत्यु भएकी कल्पना के.सी को परिवार र तुलसीपुर उपमहानगरपालिका बिच सहमति भएपछि परिवारले शव बुझ्ने भएका छन ।

हिजो श्रावण २१ गते करिब १ बजेतिर दाङको तुलसीपुर स्थित गुम्राह चोक नजिकै भएको सवार दुर्घटना परी २१ बर्षिय कल्पना के.सी को मृत्यु भएको थियो । मृतक के.सी का श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा कतारमा थिए । श्रीमान बिदेशमा भएका कारण परिवारका अन्य सदस्यले विभिन्न माग राख्दै शव बुझ्न मानेका थिएनन । आज श्रावण २२ गते मृतकका श्रीमान नेपाल फर्कि आएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा मृतकको श्रीमान सहितको परिवार र तुलसीपुर उपमहानगरपालिकाको प्रतिनिधी बिच सहमति भएपछी मृतकका परिवारले शव बुझ्ने भएका हुन ।

मृतक के.सीको परिवार र तुलसीपुर उपमहानगरपालिका बिच मृतक कल्पना के.सी को सम्झनामा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ११ मा कल्पना के.सी स्मृति प्रतीक्षालय निर्माण गरिदिने, मृतकका परिवारबाट २ जनालाई रोजगारी व्यवस्था गरिदिने, मृतकको परिवारलाई बिमा बाफतको रकम उपलब्ध गराइदिने लगायतका बिषयमा सहमति भएको छ । सहमति पश्चात अबको केहि बेरमा मृतकका परिवारले शव बुझ्ने श्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस