सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेनको निर्देशनपछि भारत लैजाने तयारी

नेपाल सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (AIIMS) लैजाने तयारी गरिएको छ ।

​बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू आजै वीर अस्पताल पुग्नुभएको छ । उहाँहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको छ ।

चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उहाँहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।

​प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा नेपालीलाई थप उपचारका लागि भारत लैजाने यो सम्पूर्ण प्रक्रिया अघि बढाइएको हो ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस