करेन्ट लागेर वडा सचिवको मृत्यु

दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस