गुल्मीमा एकआमाले जन्म दिएका नवजात चम्ल्याहा छोरीको मृत्यु भएको छ ।
गुल्मीको मदाने गाउपालिका वडा नं ५ कि २४ बर्षिय महिला बिष्णा बि.कले असार २० गते ४ वटि छोरिको जन्म दिएकी थिइन ।
बिष्णाले एउटि छोरी घरमै, अर्को गाडिमा र २ छोरिको प्युठान जिल्ला अस्पताल बिजुवारमा सामान्य प्रसुती मार्फत जन्म दिएकी थिइन । ती मध्य घरमा र गाडिमा जन्मिएका २ छोरिहरुको निधन भएको थियो भने अस्पतालमा जन्मिएका २ छोरिलाई आइसियुमा राखिएको थियो । अस्पतालको आइसियुमा रहेका २ छोरीको पनि मृत्यु भइसकेको मदाने गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष हिमाल खड्काले जानकारी दिएका छन ।
उनका पहिला पनि ८ र ६ बर्षिय २ छोरी छन र श्रीमान धन कमाउने शिलशिलामा भारतको सिम्लामा छन ।
प्रकाशित मिति :
२०८३ असार २१ गते आइतवार



