साथी संगै पौडी खेल्न गएका ५ बर्षिय डेभान्स को डुबेर मृत्यु

दाङ, २१ असार ।

पश्चिमदाङमा खोलामा डुबेर ५ बर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई – ७ मलई लामितरा का लिल बहादुर बुढाथोकीका ५ बर्षीय छोरा डेभान्स बुढाथोकी रहेका छन् ।

शनिवार साँझ साढे ६ बजेतिर साथीहरुसंग खोलामा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख कमल परियारले जानकारी दिएका छन् ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस