तुलसीपुरका करिब पाँच सय जनाले पाए सुधारिएको चुलो

दाङ । तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले करिब ५ सय वटा फलामे चुलो वितरण गरेको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिएका छन ।

वितरण गरिएका चुलोको लागत मध्ये १५ प्रतिशत तुलसीपुर उपमहानगरपालिकाको, ५ प्रतिशत उपभोक्ताको र बाँकी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र हरित जलवायु कोषले व्यहोर्ने भएको छ । चुलो विद्युतको सहायताले बल्छ, जसले गर्दा दाउरा तथा गुइँठाको बचत हुने भएकाले नागरिकको चाहनाअनुसार चुलो वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । 

 

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस