दाइको हत्या गरी नहरमा फालेको आरोपमा भाइ पक्राउ

बाँकेको कोहलपुर नगरपालिका–४ गोहवामा आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फालेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार असार १४ गते साँझ करिब ७ बजे २० वर्षीय बिनोद चौधरीले अन्दाजी २६ वर्षीय आफ्ना सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेपछि शव नहरमा फालेका थिए।

घटनापछि फरार रहेका बिनोदलाई आज बिहान करिब ६ः३० बजे भारततर्फ भाग्दै गरेको अवस्थामा कोहलपुर नगरपालिका–१५ चन्हवाबाट प्रहरीले पक्राउ गरेको हो।

मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस