दाङको तुलसीपुर ८ अश्वारामा विद्युत प्रसारण लाइनमा काम गर्ने क्रममा करेन्ट लाग्दा दुई जना कर्मचारी घाइते भएका छन्।
आज असार १४ गता बिहान करिब ११ : ४५ बजे तुलसीपुर नापल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रबाट खटिएको टोलीले विद्युतको पोलमा चढेर मर्मत तथा प्रसारणसम्बन्धी काम गरिरहेको अवस्थामा रुकुम सानोभेरी गाउँपालिका – २ स्थायी घर भई हाल तुलसीपुरमा बस्दै आएका कर्मचारी जितेन्द्र पुन र सोही स्थानका राजेन्द्र बुढाथोकीलाई करेन्ट लागेको हो।
दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल लगिएको छ। अस्पतालका अनुसार राजेन्द्र बुढाथोकीको अवस्था मध्यम रहेको छ भने जितेन्द्र पुनको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
प्रकाशित मिति :
२०८३ असार १५ गते सोमवार



