प्युठान, असार १३ — प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार गाडी दुर्घटनामा परेको छ।
शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–२ को खाला भन्ने स्थानमा गाडी दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले जानकारी दिएका छन्।
उनका अनुसार घटनास्थलमा प्रहरी परिचालन भइसकेको छ। दुर्घटनाको कारण, मानवीय तथा भौतिक क्षतिलगायत घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।
प्रकाशित मिति :
२०८३ असार १३ गते शनिवार



