रुकुमपूर्वको कमलदहमा डुबेर बालिकाको मृत्यु

रुकुमपूर्वको सदरमुकामस्थित पर्यटकीय स्थल कमलदहमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–९ खाराबाङकी अन्दाजी ८ वर्षीया शाहासी रोका रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार आइतबार साँझ करिब साढे ६ बजे कमलदह तालमा नुहाउने क्रममा रोका डुबेर बेहोस भएकी थिइन् ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी तत्काल उपचारका लागि रुकुमपूर्व अस्पताल लगिएको थियो।

तर अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस