प्युठानको वनमा १३ थान अवैध भरुवा बन्दुक फेला

File Photo

प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं ३ हंसपुरस्थित खडक सामुदायिक वनमा बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला परेका छन्।

फोर्साको रुखमुनि १० थान साबुत र ३ थान बेसाबुत एकनाले भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ।

बरामद हतियार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस