बाँकेमा अतिक्रमित जग्गा खाली गराउन गएका प्रहरीलाई स्थानीयले गरे खुकुरी प्रहार

बाँकेमा अतिक्रमित जग्गा खाली गराउन गएका प्रहरीलाई स्थानीयले खुकुरी प्रहार गरेका छन । बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित श्री ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित सरकारी जग्गा नापजाँच तथा खाली गराउने क्रममा प्रहरीमाथि खुकुरी प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय एक महिलाले प्रहरी हवल्दार सुनिल कुमार चौधरीमाथि खुकुरी प्रहार गरेकी हुन्। प्रहारबाट हवल्दार चौधरीलाई चोट भने लागेको छैन।

घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। सरकारी जग्गा व्यवस्थापनको क्रममा भएको उक्त घटनापछि क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस