NCC(नेशनल क्याडेट कोर) जुनियर डिभिजन तालीम सञ्चालन का लागि दाङ जिल्लाका ४ विद्यालय छनोट

शैक्षिक सत्र २०८३ का लागि दाङ जिल्लाका चार विद्यालय NCC (नेशनल क्याडेट कोर) जुनियर डिभिजन तालीम सञ्चालनका लागि छनोट भएका छन ।

नेपाली सेनाअन्तर्गत ज्वालादल गण भरतपुर ब्यारेक, दाङले जारी गरेको पत्रअनुसार संस्थागत तर्फ मिड वेस्ट प्वाइन्ट एकेडेमी, शान्तिनगर–७ तथा सामुदायिकतर्फ श्री माध्यमिक विद्यालय घोराही–६ जजरागाउँ, श्री गुरु जजुर नमुना माध्यमिक विद्यालय तुलसीपुर–४ रक्षाचौर र श्री महेन्द्र माध्यमिक विद्यालय बङ्गलाचुली–१ श्रीगाउँ छनोटमा परेका हुन ।

राष्ट्रिय सेवा दल कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त तालीमले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम, सामाजिक उत्तरदायित्व तथा विपद् व्यवस्थापन सम्बन्धी सीप विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाली सेनाले सम्बन्धित विद्यालयहरूलाई विद्यार्थी छनोट तथा आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिएको छ ।

दाङबाट चार विद्यालय मात्र छनोट हुनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यस कार्यक्रम मार्फत विद्यार्थीरूलाई सैन्य अनुशासन र नेतृत्व विकासका व्यावहारिक अनुभव प्रदान गरिने छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस