सार्वजनिक बिदामा पनि स्मार्ट लाइसेन्स वितरण गर्दै यातायात व्यवस्था कार्यालय दाङ

यातायात व्यवस्था कार्यालय दाङले सार्वजनिक बिदाको दिनमा समेत सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गर्ने भएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै जेठ २३ र २४ गते सार्वजनिक बिदा परे पनि स्मार्ट लाइसेन्स वितरण सेवा सञ्चालन गरिने जानकारी दिएको हो । सेवाग्राहीको सहजताका लागि बिदाको दिनमा पनि कार्यालय खुला राखी स्मार्ट कार्ड वितरण गरिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

सूचनाअनुसार जेठ २३ र २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालयबाट सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरण गरिनेछ ।

कार्यालयले स्मार्ट लाइसेन्स तयार भइसकेका सेवाग्राहीलाई तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित भई आफ्नो लाइसेन्स बुझ्न आग्रह गरेको छ ।
सार्वजनिक बिदाको समयमा समेत सेवा सञ्चालन गरिने निर्णयले सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस