रास्वपा बबई गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न : देवराज जैसीको नेतृत्वमा ९ सदस्यीय कमिटी चयन

दाङ, जेठ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बबई गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले देवराज जैसीको नेतृत्वमा ८ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गर्दै कार्यक्रम सम्पन्न गरेको हो।

नवनिर्वाचित समितिको सभापतिमा देवराज जैसी चयन भएका छन्। त्यसैगरी उपसभापतिमा पूर्ण बहादुर राणा, सचिवमा विवेक वली तथा सहसचिवमा चन्द्र बहादुर डाँगी चयन भएका छन्।

समितिका सदस्यहरूमा दिपा बस्नेत, सुवाश ठकुरी, विरमान वली र कृष्णी कुमारी विक चयन भएका छन्। समितिमा थप एक सदस्य पछि मनोनित गरिने जनाइएको छ।

अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवगठित समितिले बबई गाउँपालिकामा पार्टी संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा वक्ताहरूले संगठनलाई गाउँस्तरसम्म बलियो बनाउँदै जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्ययोजना तय गर्दै सफलतापूर्वक समापन भएको जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस