दाङ, जेठ १२
राष्ट्रिय स्वतन्त्र पार्टी दङ्गीशरण गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले देवबहादुर केसीको नेतृत्वमा ९ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित समितिको सभापतिमा देवबहादुर केसी चयन भएका छन् भने उप–सभापतिमा रबिना चौधरी चयन भएकी छन्। त्यसैगरी सचिवमा प्रदीप नाथ योगी, सहसचिवमा मेघराज योगी चयन भएका छन्।
समितिका सदस्यहरूमा चुडामणी योगी, साईटुराम चौधरी, टिका वली डाँगी, यम बहादुर भण्डारी र शीतल खड्का चयन भएका छन्।
अधिवेशनमा सहभागी नेताहरूले संगठनलाई गाउँस्तरसम्म मजबुत बनाउँदै जनताको मुद्दामा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित समितिलाई पार्टीको स्थानीय संगठन विस्तार, जनसम्पर्क तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको बताइएको छ।
प्रकाशित मिति :
२०८३ जेष्ठ १२ गते मङ्गलवार



