दाङ, १२ जेठ ।
दाङको दङ्गीशरण गाउँपालिका–३ एकली पदमपुरस्थित श्री राधाकृष्ण मन्दिरको सभाहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दङ्गीशरण गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन सुरु भएको छ।
मंगलबार दिउँसो १२ः२० बजेदेखि सुरु भएको अधिवेशन दङ्गिशरण गाउँपालिका सभापति देवबहादुर के.सीको सभापतित्व तथा पार्टीका केन्द्रीय उत्पादन तथा प्रवर्द्धन विभागका उप–प्रमुख हरि रिजालको प्रमुख आतिथ्यतामा सञ्चालन भइरहेको छ।
अधिवेशन कार्यक्रममा पार्टीका जिल्ला स्तरीय नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित करिब २५० जनाको सहभागिता रहेको जनाइएको छ।
कार्यक्रममा संगठन विस्तार, आगामी रणनीति, स्थानीय तहमा पार्टीको भूमिका तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ। साथै अधिवेशनमार्फत नयाँ नेतृत्व चयन समेत हुनेछ ।
प्रकाशित मिति :
२०८३ जेष्ठ १२ गते मङ्गलवार



