तुलसीपुर उपमहानगरपालिका–११ ले कक्षा ११ मा अध्ययन गर्ने छात्रालाई निःशुल्क विद्यालय पोशाक उपलब्ध गराउने निर्णय गरेको छ ।
वडाको जेठ १ गते बसेको बैठकले वडा नं. ११ अन्तर्गत पर्ने अमर माध्यमिक विद्यालय उरहरी र शान्ति माध्यमिक विद्यालय नवलपुरमा यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भई अध्ययन गर्ने छात्रालाई वडाको तर्फबाट निःशुल्क विद्यालय पोशाक प्रदान गर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष मानबहादुर रावतका अनुसार छात्राको शिक्षामा पहुँच बढाउने तथा उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।
अध्यक्ष रावतले एसईई उत्तीर्ण गरेका सबै विद्यार्थीलाई उच्च शिक्षाका लागि शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना समेत गरेका छन् ।
प्रकाशित मिति :
२०८३ जेष्ठ २ गते शनिवार



