बालेन साह नेतृत्वको सरकारले काठमाण्डौका विभिन्न सुकुम्बासी वस्तीमा डोजर चलाउने निर्णय गरे सँगै यतिबेला देशभरका विभिन्न जिल्लामा बसोबास गरिरहेका सुकुम्बासीहरु त्रासमा छन । लुम्बिनी प्रदेशको दाङ जिल्ला पनि सबैभन्दा धेरै भूमिहिन/सुकुम्बासी, अर्थात अव्यवस्थित बसोबासी रहेको जिल्ला मध्ये एक मानिन्छ ।
भूमि समस्या समाधान आयोगबाट संकलित तथ्याङ्क अनुसार दाङ जिल्लामा ७० हजार ३ सय ८९ जना भूमिहिन/सुकुम्बासी, अर्थात अव्यवस्थित बसोबासी रहेका छन । काठमाण्डौ जिल्लाका विभिन्न क्षेत्रमा बालेन साह नेतृत्वको सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाए पछि दाङ जिल्लाका सुुकुम्बासी बस्तिमा पनि त्रास बढेको थियो ।
यसै बिच हामीले दाङ क्षेत्र.नं .३ बाट निर्वाचित सांसद कमल सुबेदीलाई प्रश्न गरेका थियौँ, “काठमाण्डौको सुकुम्बासी बस्तीमा डोजर चलेसँगै दाङका सुकुम्बासीहरुमा पनि डरत्रास पैदा भएको छ, के योे अब देशभरको सुकुम्बासी बस्तीमा डोजर चल्ने संकेत हो ?” सांसद कमल सुबेदीका अनुसार अहिले काठमाण्डौमा मात्र सुकुम्बासी बस्तीमा डोजर चल्ने र अन्यत्रका बस्तीका सुकुम्बासीहरु तर्सिनु नपर्ने बताएका छन । उनी भन्छन “अहिले काठमाण्डौको मात्र हो, मान्छेलाई तर्साउनु हुँदैन” ।



