तुलसीपुर, ७ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाका विद्यालयमा आज बैशाख ७ गतेदेखि भर्ना अभियान सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको शिक्षा क्षेत्रका बिभिन्न संघसंगठनसहितको चैत २६ बुधबार भएको बैठकले यस्तो निर्णय गरेको थियो। साथै बैशाख १५ गतेसम्म कक्षा सञ्चालन गर्ने समेत निर्णय भएको छ । पालिका भित्रका निजि तथा सरकारी सबै विद्यालयले यही अनुसार निर्णय लागु गरेका छन।
यद्यपी संघीय सरकारले बैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र बैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने गरि निर्णय गरेको छ ।
तर, स्थानीय तहहरुले त्यो निर्णय कार्यान्वयन गर्दा शैक्षिक कार्यक्रम प्रभाबित हुने भन्दै भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरिरहेका छन् ।
प्रकाशित मिति :
२०८३ बैशाख ७ गते सोमवार



