प्रमाण नभेटिएपछि मालपोत तुलसीपुरबाट पक्राउ परेका ८ जना छुटे

दाङको तुलसीपुर स्थित मालपोत कार्यालयबाट विचौलियाको नाममा पक्राउ परेका ८ जना लेखापढी ब्यबसायी छुटेका छन् ।आईतबार मालपोत कार्यालय तुलसीपुरबाट बिचौलिया भन्दै पक्राउ परेका उनीहरुबाट कुनै प्रमाण नभेटिएपछि प्रहरीले सोही दिन साँझ छोडेको हो ।

प्रहरीले कार्यालयबाट दुई जना सेवाग्राहीलाई समेत विचौलिया भन्दै पक्राउ गरेको थियो ।दुई जना सेवाग्राहीलाई पक्राउ गरेको आधा घण्टामै छोडिएको थियो, भने परिचय पत्र भएका अन्य भूसेवाका ब्यबसायीहरुलाई अनुसन्धान पछि आईतबार साँझ छाडिएको हो । पक्राउ पर्नेमा ब्यबसायी सेवकराम आचार्य, निमकान्त लामिछाने, अरुण चौधरी, रामबहादुर चौधरी, विनिराम बस्नेत, प्रदिप कुमार रेग्मी, प्रमोद अधिकारी र माधव भण्डारी रहेका थिए ।

सरकारले नै अनुमति दिएर आफूहरु भू–ब्यबसायमा लागेको भएपनि प्रहरीले यसरी धरपकट गर्नु गलत भएको अध्यक्ष विनोद न्यौपानेले बताए । आफ्नो अधिकार भित्र रहेर काम गर्दा पनि यसरी सरकारले हस्तक्षेप गर्ने कार्य गलत भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस