जापान अध्ययन गर्न जाने ७० विद्यार्थीलाई सक्सेस कन्सल्टेन्सीले गर्‍यो सम्मानसहित विदाई

तुलसीपुर, दाङ – अध्ययनका लागि जापान जान तयारीमा रहेका विद्यार्थीहरूलाई सक्सेस एजुकेसन कन्सल्टेन्सी तुलसीपुर दाङले एक विशेष कार्यक्रममार्फत विदाई गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा विदाई गरिएको हो।

कन्सल्टेन्सीका अनुसार ६ महिनादेखि एक वर्षसम्म जापानी भाषा अध्ययन पुरा गरेका र आगामी वैशाखभित्र जापान प्रस्थान गर्ने तयारीमा रहेका ७० जना विद्यार्थीलाई विदाई गरिएको हो।

कार्यक्रम सक्सेस एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अजय भण्डारीको अध्यक्षता तथा ज्ञान ज्योति फाउन्डेसन तुलसीपुरका शैक्षिक संयोजक शरद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

ज्ञान ज्योति फाउन्डेसन तुलसीपुरका शैक्षिक संयोजक तथा प्रमुख अतिथि शरद गौतमले जापान अध्ययनका लागि जान लागेका विद्यार्थीहरूलाई सफल यात्राको शुभकामना व्यक्त गर्दै त्यहाँको संस्कृति, नियम र कार्यशैलीलाई आत्मसात गर्दै अघि बढ्न सुझाव दिनुभयो। उहाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने यो अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष अजय भण्डारीले जापान जान लागेका विद्यार्थीलाई अनुशासन, मेहनत र लगनशीलताका साथ अध्ययनमा केन्द्रित हुन सुझाव सुझाव दिदै विदेशमा हासिल गर्ने ज्ञान र सीपलाई भविष्यमा देशमै उपयोग गर्न आग्रह सहित सुझाव दिनुभयो।

कार्यक्रमको समापन कन्सल्टेन्सीका प्रबन्धक प्रदीप शर्माले गर्दै सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्नु भएको थियो। उहाँल विद्यार्थीहरूलाई सुरक्षित यात्रा र सफल अध्ययनको शुभेच्छा व्यक्त गर्नुभएको थियो।

बिद्यार्थी भुमा डाङ्गीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेरणा परियारले गर्नुभएको थियो।

सक्सेस एजुकेसन कन्सल्टेन्सीले स्थापनाको २ बर्षमै १६४ जना व्यक्तिलाई विभिन्न देशमा पठाउन सफल भएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस