एशियन लाइफद्वारा बहिरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
एशियन लाइफ इन्स्योरेन्स कं.लि ले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा दाङको तुलसीपुरस्थित विशेष क्षमता भएका विद्यार्थी अध्ययन गर्ने माध्यमिक विद्यालय अश्वारामा अध्ययनरत बहिरा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत १०९ जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल, साबुन लगायतका स्टेसनरी सामग्री प्रदान गरेको हो। उक्त कार्यक्रममा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख केशवराज गिरी, तुलसीपुर शाखा प्रबन्धक पारसमणि खनाल सहित समाजसेवीहरू अनिल कार्की, सुवाश अधिकारी, हिमाल डाँगी, बुद्धी पौडेल, भुपेन्द्र वली र ज्ञान बहादुर चौधरी को उपस्थिति रहेको थियो।
कम्पनीले हरेक बर्ष कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शिर्षकमा समाजसेवा गर्दै आइरहेको तुलसीपुर शाखा प्रबन्धक पारसमणी खनालले जानकारी दिनुभयो ।



