दाङको तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरस्थित बबई नदीमा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
तुलसीपुर उपमहानगरपालिका-१४ चौपरिया बस्ने पिमलाल केसीकी छोरी ३ वर्षीया सलिना केसीको शव फेला परेको हो।
सोमबार बालिका नदीमा मृत अवस्थामा फेला परेकी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति :
२०८२ चैत्र १० गते मङ्गलवार



