राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता द्धय बालेन शाह र रवि लामिछाने दाङ आउने भएका छन ।
फागुन २१ को निर्वाचन लक्षित पार्टीकोे प्रचारप्रसारमा देशदौडाहामा हिँडेका रास्वपाका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दाङ आउने कार्यक्रम रहेको रास्वपा दाङले जानकारी दिएको छ ।
अहिलेसम्म प्राप्त सूचना अनुसार रवि र बालेन फागुन ८ गते दाङ आउने श्रोतले जानकारी दिएको छ भने दाङमा हुने कार्यक्रमको कार्यतालिका भने सार्वजनिक गरिएको छैन । समय मिले सम्म दाङका तिनवटै निर्वाचन क्षेत्रमा भिन्दानिन्दै कार्यक्रममा सहभागी गराउने तयारी गरेको रास्वपा दाङ जिल्ला कमिटीले जानकारी दिएको छ ।
यसअघि पनि २०७९ सालको निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने दाङ आएका थिए ।
प्रकाशित मिति :
२०८२ फाल्गुन १ गते शुक्रवार



