दाङको तुलसीपुरस्थित डिभाइन टेम्पलको १७ औँ वार्षिक उत्सवको अवसरमा लोकप्रिय गायक शक्ति चन्दको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ।
फागुन २ गते आयोजना हुने उक्त कार्यक्रममा गायक चन्द दाङ आउने विद्यालयले जनाएको छ। गायक शक्ति चन्द आफैले पनि एउटा भिडियो सार्वजनिक गर्दै आफु डिभाईन टेम्पल एकेडेमीको वार्षिक उत्सवको अवसरमा दाङ आउन लागेको भनेर सार्वजनिक गरेका छन ।
विद्यालयका अनुसार वार्षिक उत्सवलाई विशेष र आकर्षक बनाउन गायक शक्ति चन्दलाई मुख्य आकर्षणका रूपमा आमन्त्रण गरिएको हो।
कार्यक्रममा उनका चर्चित गीतहरूमा विद्यार्थी, अभिभावक, विद्यालयका कर्मचारी तथा अतिथीहरुले प्रत्यक्ष रूपमा रमाइलो गर्ने अवसर पाउनेछन्।
प्रकाशित मिति :
२०८२ फाल्गुन १ गते शुक्रवार



