सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

यसअघि सात सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्ने तयारी भएको उनी निकट स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।

उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो ।

 

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस