तुलसीपुर मधेसी समाज सेवा संघको निर्वाचनमा राम कुमार गुप्ताको नेतृत्वमा ११ सदस्यीय टोली विजयी

तुलसीपुर, दाङ – तुलसीपुर मधेसी समाज सेवा संघको शनिबार सम्पन्न निर्वाचनबाट राम कुमार गुप्ताको नेतृत्वमा ११ सदस्यीय टोली निर्वाचित भएको छ।

मिति २०८३/०४/३० गते सम्पन्न निर्वाचनमा राम कुमार गुप्ता (रामु) अध्यक्षमा विजयी भएका छन्। त्यस्तै सन्तोष कुमार गुप्ता उपाध्यक्ष, रुपेश गुप्ता सचिव, समा गुप्ता सह–सचिव र जितेश गुप्ता कोषाध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचनबाट सदस्य पदमा देवीलाल बानिया, विपिन गुप्ता, काजल गुप्ता, ज्योति शाह, बब्लु गुप्ता र आयुष कुमार गुप्ता विजयी भएका छन्।

निर्वाचित पदाधिकारी तथा सदस्यहरू:

१. राम कुमार गुप्ता (रामु) — अध्यक्ष

२. सन्तोष कुमार गुप्ता — उपाध्यक्ष

३. रुपेश गुप्ता — सचिव

४. समा गुप्ता — सह–सचिव

५. जितेश गुप्ता — कोषाध्यक्ष

६. देवीलाल बानिया — सदस्य

७. विपिन गुप्ता — सदस्य

८. काजल गुप्ता — सदस्य

९. ज्योति शाह — सदस्य

१०. बब्लु गुप्ता — सदस्य

११. आयुष कुमार गुप्ता — सदस्य

निर्वाचित टोलीले तुलसीपुरमा रहेका मधेसी समुदायको एकता, सामाजिक सहकार्य र समुदायको हितका लागि काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस