मानव सेवा आश्रम परिसरमा ४५ बिरुवा रोपियो

तुलसीपुर, असार १७ / दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित मानव सेवा आश्रमको नवनिर्मित भवन परिसरमा बुधबार वृक्षारोपण कार्यक्रम गरिएको छ।

लायन्स क्लब अफ दाङ र ग्रीन फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवासहित कुल ४५ वटा बिरुवा रोपिएको छ ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा समेत सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।

कार्यक्रम लायन्स क्लब अफ दाङका वर्ष २०२६/२०२७ का अध्यक्ष लोक बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस