दाङ, असार १६ / दाङको तुलसीपुरबाट हराएको मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार असार १४ गते राति तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका माधव भुषालको रा.६ प ९२५७ नम्बरको मोटरसाइकल हराएको भन्दै प्रहरीमा खबर प्राप्त भएको थियो।
घटनापछि प्रहरीले खोजतलास तथा अनुसन्धानलाई तीव्र बनाएको थियो। सोही क्रममा तुलसीपुर उपमहानगरपालिका–१२ स्थित राप्ती बबई क्याम्पस पछाडिको ग्राउण्डमुनि रहेको खोल्सामा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित धनी माधव भुषाललाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति :
२०८३ असार १६ गते मङ्गलवार



