दाङ, ४ कार्तिक / दाङमा जुवाको खालबाट जुवाडेहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले गएरातीमात्रै १४ जना जुवाडे पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङका १३ जना रहेका छन् भने रोल्पाका १ जना रहेका छन् । प्रहरीले राप्ती गाउपालिका वडा नं. २ लालमटियास्थित कालिकाचोकका सचिन शाहको घरमा जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका–२ लालमटियाका ३४ वर्षिय नरेश बुढा, २६ वर्षका बसन्त कडेल, ४१ वर्षका चेत प्रसाद बुढा, ३४ वर्षका अमृत ज्ञवाली, ४३ वर्षका समुन्द्र बहादुर थापा, ३२ वर्षका जागृत भुसाल, २१ वर्षका केशब पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
यस्तै सोहि ठाउँका ३० वर्षका सञ्जु कुमाल, ४१ वर्षका भोजराज रेग्मी, ३७ वर्षका दिपक पुन मगर, ३१ वर्षका केशब बिक, राप्ती गाउँपालिका–१ का ४७ वर्षिय भानु राना, २६ वर्षका बिनोद पुन र रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ का ४९ वर्षिय पुरन कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट प्रहरीले नगद १ लाख ४९ हजार ७९५ रुपैँया र तीन गड्डी तास बरामद गरेको छ । उनिहरुलाई गएराती पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको डिएसपी शाहले बताउनुभयो ।
