दाङ । दाङको तुलसीपुर –५ ख लाइन स्थित एक घरमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्तिक २ गते बेलुका करिब ५ बजे प्राप्त गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर–५ ख लाइनस्थित हेमराज खड्काको घरमा छापा मारेको थियो । प्रहरीले खानतलासीका क्रममा घरभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएर नगद रु. ५५,१९५ र एक गड्डी तास बरामद गरेको जनाएको छ ।
नियन्त्रणमा परेका व्यक्तिहरुमा घरधनी ५४ वर्षीय हेमराज खड्का, तुलसीपुर बिरेन्द्रचोकका ४५ वर्षीय श्रीधर रजौरे, वडा नं. ८ दुधेनाका ४४ वर्षीय अम्मर कुमार शर्मा, वडा नं. ५ ख लाइनका ४५ वर्षीय प्रमोद गौतम र सोही स्थानका ५४ वर्षीय वकिल केसी रहेका छन् ।
प्रहरीका अनुसार बरामद सामग्रीसहित उनीहरुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
प्रहरीले जुवातास जस्तो अबैध क्रियाकलापमा संलग्न हुनेहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
