लोकप्रिय ट्याक्सी सेवाबाट उत्कृष्ट चालक सम्मानित : उपहार स्वरूप खसी प्रदान

दाङ । लोकप्रिय ट्याक्सी सेवा प्रा.लि.ले यस वर्षको उत्कृष्ट चालकको रूपमा लक्षिराम चौधरीलाई सम्मान गरेको छ। चौधरीलाई उत्कृष्ट सेवा, इमानदारी र ग्राहकमैत्री व्यवहारका आधारमा चयन गरिएको कम्पनीले जनाएको छ।

उत्कृष्ट चालकमा छनोट भएका चौधरीलाई संस्थाले खसी उपहार प्रदान गरेको छ। कम्पनीका प्रतिनिधिहरूले चौधरीले गरेको योगदानले सम्पूर्ण चालकलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

लोकप्रिय ट्याक्सी सेवाले हाल दाङको तुलसीपुरबाट ट्याक्सी सेवा दिइरहेको छ ।

यस अवसरमा चौधरीलाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ सफलताका लागि शुभकामना व्यक्त गरिएको छ।

 

प्रकाशित मिति : २०८२ असोज १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस