By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » राप्तीमा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिदै

राप्तीमा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिदै

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ श्रावण १९, सोमबार १४:५४

तुलबहादुर कवँर मगर
भालुवाङ, १९ साउन ।
दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा साे कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना विद्यार्थीहरूको जन्मजात मुटुरोग तथा बाथ मुटुरोगसम्बन्धी निःशुल्क परीक्षण गरिनेछ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउनु हो। मुटुरोगजस्ता संवेदनशील विषयमा सचेतना र समयमै परीक्षण अत्यन्त आवश्यक भएकोले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो।”
अध्यक्ष विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेका अनुसार ३ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा फोहोर वातावरण र अस्वस्थ खानपानका कारण घाँटीमा संक्रमण भई मुटुमा असर पुग्ने सम्भावना उच्च हुने भएकाले समयमै परीक्षण गर्नु आवश्यक हुन्छ।

उहाँका अनुसार, “यस उमेर समूहका बालबालिकाहरू फोहोरमा खेल्ने, अस्वस्थ खाना खाने प्रवृत्ति हुने हुँदा घाँटीमा समस्या हुँदै मुटुमा असर पर्ने खतरा हुन्छ।” कोहीमा जन्मजात नै मुटुरोग देखापर्ने पनि उल्लेख गर्दै डा. बन्जाडेले गर्भावस्थामा आमाले अन्जानमा कडा औषधि सेवन गर्ने, धूम्रपान वा मध्यपान गर्ने, अत्यधिक तनावमा रहने जस्ता कारणले समेत नवजात शिशुको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखिने गरेको बताउनुभयो ।

उहाँले रोग लागेपछि उपचारभन्दा पनि समयमै परीक्षण र सचेतनाले रोगबाट बच्न सकिने हुँदा प्रत्येक व्यक्ति स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको शुभारम्भ साेमबार वडा नं. २ मा रहेको आदर्श माध्यमिक विद्यालय लालमटियाबाट गरिएको छ।

आयोजकका अनुसार पालिकाभित्रका सबै विद्यालयमा पुगेर विद्यार्थीहरूको मुटु परीक्षण गरिनेछ।

Facebook Comments Box
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?
सोलार मर्मतसँगै थकरीकोटमा खानेपानी सेवा पुनः सुचारु
निजी क्षेत्रका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या
विद्यालयका शिक्षकलाई प्राथमिक उपचार तालिम
माण्डुखोलाको पक्की पुलको उद्घाटन

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?