साउन १४, तुलसीपुर
दाङको तुलसीपुरमा हिजोँ साउन १३ गते एउटा सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा ट्राफिक नियम उल्लङ्घन गर्दै ३ जना सवार गरेको एउटा भिडियो आधिकारिक समाचार माध्यम द्धारा सार्वजनिक भयो । उक्त भिडियो बारे वास्तविकता बुझ्दा उक्त मोटरसाइकल तुलसीपुर उपमहानगरपालिकाको नाममा दर्ता भै भूमि शाखामा कार्यरत कर्मचारीहरुले प्रयोग गर्दै आएको पाइयो ।
हिजो बेलुका करिव ५ बजे तिरको उक्त भिडियोमा रा १ ब १०७० नम्बरको मोटरसाइकलमा तुलसीपुर उपमहानगरपालिकाको नापी शाखामा कार्यरत शर्वेक्षक शुरेस वलीले चलाएको देख्न सकिन्छ । सार्वजनिक उ्रक्त भिडियोमा चालक शुरेशले हेलमेटको फिता पनि नलगाएका देख्न सकिन्छ जुन कार्य पनि ट्राफिक नियम उल्लङ्घन अन्तर्गत नै पर्छ । उता मोटरसाइकल चालक शुरेश सँग बुझ्दा उनी भन्छन “हामी ३ जनालाई नगरपालिकाले एएटा मात्र मोटरसाइकल दिएका कारण यो हाम्रो बाध्यता थियो ।हाम्रो बाध्यताले गर्दा ट्राफिक नियम उल्लङ्घन गर्न बाध्य भयौँ, ऐन नियम अनुसार कारवाही भोग्न तयार छौँ । आशा छ नगरपालिकाले ३ जनालाई एउटा मात्र मोटरसाइकल दिएका कारण यो अवस्थामा नगरपालिकाले केहि बुझ्ला, केहि प्रतिक्रिया देला नी ।”
ट्राफिक को बेवास्ता
हिँजो बेलुका ५ बजे तिर नै आधिकारिक समाचार माध्यम बाट भिडियो सार्वजनिक भए पनि ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाही गर्नका लागी ट्राफिक प्रहरी कार्यालयले त्यती चासो देखाएको भने पाइएको छैन ।
भिडियो :
https://www.facebook.com/share/v/16rtwFsoe6/
