दाङमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- ७ भुह्यारथान डेरा गरी बस्ने रुकुम पश्चिम चौरजहारी नगरपालिका- ११ घर भएका ३५ वर्षीय वीरबहादुर वली छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वीरबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
