By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मछितालमा वर्षाैंदेखिको खानेपानीको समस्या समाधान हुँदै : श्रमदानबाट गरियो पाइप विस्तार

मछितालमा वर्षाैंदेखिको खानेपानीको समस्या समाधान हुँदै : श्रमदानबाट गरियो पाइप विस्तार

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ असार २२, आईतवार १९:२१

तुलबहादुर कवँर मगर
भालुबाङ, २२ असार ।
दाङको राप्ती गाउँपालिका–१ स्थित मछिताल गाउँमा वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ। सोही वडाको शान्तिपुरबाट पानी ल्याउनका लागि पाइप विस्तार गरिए सँगै साे समस्या समाधान हुने भएको हाे।

करिब १२ सय मिटर टाढा शान्तिपुरमा रहेको खानेपानी ट्याङ्कीबाट मछितालसम्म पानी ल्याउन पाइप बिछ्याउने काम सुरु गरिएको छ। यससँगै गाउँमा खानेपानी पुर्‍याउने कामको थालनी भएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा अध्यक्ष गेम बहादुर खड्का, नेपाल उद्योग व्यापार संघ राप्तीका अध्यक्ष गञ्जबहादुर विष्ट, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका स्ववियु सभापति विनोद सोनी, समाजसेवी पदमबहादुर पाण्डे, रंगबहादुर सुनार, छपिन्द्र बुढाथोकी लगायत स्थानीयवासीहरूले श्रमदानमार्फत आइतबार पाइप विस्तारको काम गर्नु भएको हो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङको सहयोगमा पाइप खरिद गरि विस्तारको काम भइरहेको र छिट्टै मछितालका घरघरमा पानी पुर्‍याउने योजना रहेको स्थानीय नेत्र खनालले बताउनुभयो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मछितालको खानेपानी समस्या समाधान गर्न पालिका गम्भीर भएर लागेको बताउनुभयो। “खानेपानी मानवको आधारभूत आवश्यकता हो। मछितालमा खानेपानीको समस्या रहेको थाहा पाए देखि नै हामी समाधानको प्रयासमा थियौं,” उहाँले भन्नुभयो। “पाइप विस्तारपछि अब पालिकाले प्रत्येक घरमा धारा जडान गर्न आवश्यक पर्ने मिटरलगायतका सामग्री पनि उपलब्ध गराउनेछ,” अध्यक्ष विष्टले थप गर्नुभयो।

वडाध्यक्ष गेम बहादुर खड्काले खानेपानी समस्या समाधान वडाले पहिले प्राथमिकता दिएको बताउनुभयो। “स्थानीयको दुःख बुझेर हामीले ट्याङ्कीको पानी गाउँमा झार्ने योजना बनायौं। सबैको सहयोगमा पाइप विस्तार सम्भव भएको छ। अब छिट्टै गाउँमा पानी पुग्नेछ,” उहाँले भन्नुभयो।

मछितालमा करिब २२ घरधुरी रहेका छन्। ती घरधुरीका स्थानीयले वर्षौंदेखि राप्ती नदी किनारमा रहेको जरुवा पानी पिउँदै आएका थिए। वर्षातको समयमा त्यही पानी पनि धमिलो हुने भएकाले समस्या झनै बढ्ने गरेको स्थानीय हुमा कवरले बताउनुभयो। “सानो कुवा छ, सबैजना सोही कुवाको पानी पिउँछौं। बिहानैदेखि पालो कुर्दा कुर्दा घण्टौँ बित्छ। अन्य काम गर्न समय नै पुग्दैन,” उहाँले दुखेसो गर्नुभयो।

त्यसैगरी सोही ठाउँका दीपक सुनारले वर्षौंदेखिको खानेपानी समस्या अब समाधान हुने आशा पलाएको बताउनुभयो। “खानेपानीको समस्या कहिले समाधान होला भन्ने लाग्थ्यो। अहिले भने ट्याङ्कीको पानी गाउँमा झारिँदै छ। अब सबै घरमा पानी पुग्नेमा हामी ढुक्क भएका छौं,” उहाँले भन्नुभयो।

Facebook Comments Box
उधोग र व्यापारको माध्यमबाट देशप्रति मारवाडी समुदायको योगदान ठूलो छ : मन्त्री श्रेष्ठ
थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा
राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशन सम्पन्न
शेयर बजार खासै घटबढ भएन
तुल्सिपुरमा दिन दहाडै खुकुरी प्रहार : १ जना पक्राउ अन्य फरार

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?