दाङ, तुलसीपुर ।
“Yes! We can END TB” भन्ने नाराका साथ क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा वडास्तरीय सूक्ष्म योजना समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ।
पर्सेनी नगर स्वास्थ्य केन्द्रमा सम्पन्न कार्यक्रममा स्थानीय तहका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य प्रवर्द्धन शाखा तथा पर्सेनी नगर स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो।
कार्यक्रम मार्फत वडा स्तरीय क्षयरोग न्यूनीकरणका लागि बनाइएको सूक्ष्म योजनाहरूको मूल्याङ्कन गरिनुका साथै आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयनका लागि सुझावहरू संकलन गरिएको छ ।
स्वास्थ्यकर्मीहरूले क्षयरोगको पहिचान, उपचार तथा जनचेतनाका विषयमा विस्तृत जानकारी दिँदै समुदायस्तरमै क्षयरोग निर्मूल गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।
