By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » राप्तीमा विद्यार्थीद्वारा सामूहिक धान रोपाइँ:शिक्षासँगै व्यावहारिक सिपको अभ्यास

राप्तीमा विद्यार्थीद्वारा सामूहिक धान रोपाइँ:शिक्षासँगै व्यावहारिक सिपको अभ्यास

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ असार १५, आईतवार १५:३४

तुलबहादुर कवँर मगर
मसुरिया, १५ असार।
दाङको राप्ती गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीहरूले सामूहिक रूपमा धान रोपेका छन्। शिक्षा र व्यवहारिक सिपलाई जोड्दै कृषि सिकाइको अभ्यास गराउने उद्देश्यले गरिएको रोपाइँ कार्यक्रममा विद्यार्थीहरू उत्साहका साथ सहभागी भएका थिए।

राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालय र वडा नम्बर १ भालुवाङस्थित लिटिल एन्जल स्कुलका विद्यार्थीहरूले असार १५ को अवसर पारेर दुर्गा भवानी आधारभूत विद्यालय मसुरियाकाे करिब पाँच कठ्ठा खेतमा सामूहिक रूपमा धान रोपेका हुन्।

धान रोपाइँ कार्यक्रममा राप्ती गाउँपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विक, दुर्गा भवानी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारी, विद्यालयका प्रधानाध्यापक केशवराज आचार्य, लिटिल एन्जल स्कुलका प्रिन्सिपल शोभाखर भुसाल लगायत अन्य शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

शाखा प्रमुख विश्वास विकले शिक्षालाई व्यवहारमै उपयोगी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिनु राम्रो कुरा भएको बताउनुभयो। “विद्यार्थीहरूलाई कृषिको ज्ञान दिन, श्रमको मूल्य बुझाउन र माटोसँग जोड्न यस्ता कार्यक्रमहरू आवश्यक छन्,” उहाँले भन्नुभयो।

प्रधानाध्यापक केशवराज आचार्यले विद्यालय परिसरमै उत्पादन गरिएको धान विद्यालयमा दिवा खाजाका लागि प्रयोग गरिने जानकारी दिनुभयो। “विद्यार्थीहरूले आफैँ रोपेको धानको भात खान पाउनु उनीहरूको मनोवैज्ञानिक विकासका लागि पनि सकारात्मक हुन्छ,” उहाँले उल्लेख गर्नुभयो।

लिटिल एन्जल स्कुलका प्रिन्सिपल शोभाखर भुसालले कृषिप्रतिको आकर्षण बढाउन विद्यार्थीहरूलाई व्यवहारिक अनुभव दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “शहरमुखी शिक्षा प्रणालीले गाउँ र खेतीपाती बिर्साउने खतरा बढेको छ,” उहाँले भन्नुभयो, “यसलाई सन्तुलनमा राख्न यस्ता अभ्यासहरू फलदायी हुन्छन्।”

धान रोपाइँमा सहभागी भएका विद्यार्थीहरूले हिलो माटोमा खेती गर्ने अनुभव बटुलेका थिए। कतिपयले यो क्षणलाई रमाइलो अनुभवको रूपमा लिएको बताएका थिए भने केहीले आफूले रोपेको बिउको फल आफैं खान पाउने अवसर विशेष लागेको बताएका थिए।

विद्यार्थीका अभिभावकहरूले बालबालिकाको यस्तो व्यवहारिक सिप अभ्यासप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूले गुणस्तरीय र जीवन उपयोगी शिक्षाको अभ्यास सुरु भएको भन्दै विद्यालय तथा पालिकाको प्रयासको प्रशंसा गरेका थिए।

राप्ती गाउँपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रलाई व्यवहारिकता, कृषि र स्थानीय सिपसँग जोड्ने नीति लिएको छ। यस्तो अभ्यासले विद्यार्थीहरूमा कृषिप्रति समझदारी, श्रम संस्कार र आत्मनिर्भरताको भावना विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments Box
तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग
जिल्ला बचत तथा ऋण सहकारीको २० औँ स्थापना दिवस मनाईने,नवनिर्मित भवनको उद्घाटन हुने
हरिहरपुरगढीमा आन्तरिक रोजगारी प्रवर्द्धन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
राप्तीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न
बागमतीको चौरा आविका शिक्षक दर्लामी विद्यालयमै कुटिए

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?