By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमै जनचेतना आवश्यक : अध्यक्ष विष्ट

जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमै जनचेतना आवश्यक : अध्यक्ष विष्ट

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ असार १४, शनिबार १८:३१

तुलबहादुर कवँर मगर
मसुरिया, १४ असार ।

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जथाभावी एण्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जनचेतना फैलाउनु अत्यावश्यक रहेको बताउनुभएको छ।

शनिबार मसुरियामा गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको ‘प्रतिजैविक प्रतिरोध न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा अध्यक्ष विष्टले अनियन्त्रित एण्टिबायोटिक सेवनका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको उल्लेख गर्नुभयो। “पछिल्लो समय सामान्य रोगले पनि मानिसको ज्यान जाने अवस्था देखिएको छ,” उहाँले भन्नुभयो, “एण्टिबायोटिक औंषधि चिकित्सकको सल्लाहबिना खानु घातक हुनसक्छ।”

अध्यक्ष विष्टले स्वास्थ्य संस्थामा परीक्षण नगरी सजिलै औषधि किन्ने प्रवृत्तिले समस्या गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। साथै, केही औषधि व्यवसायी र स्वास्थ्यकर्मीहरू स्वयंले पनि आवश्यकता बिना एण्टिबायोटिक दिने गरेको प्रसङ्ग उल्लेख गर्दै त्यसले बिरामीमा थप जटिलता निम्त्याउने बताउनुभयो।

उहाँले चिकित्सकको सल्लाहअनुसार निश्चित समयसम्म औषधि सेवन नगर्नाले समेत औषधि प्रतिरोधको समस्या बढ्ने भएकाले यस विषयमा आम नागरिक सचेत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “चेतना अभिवृद्धिसँगै व्यवहार परिवर्तन पनि जरूरी छ,” उहाँले भन्नुभयो, “नीति निर्माणदेखि व्यवहार सुधारसम्मको प्रक्रिया स्थानीय तहबाटै सुरु गर्नुपर्छ।”

अध्यक्ष विष्टले एण्टिबायोटिक प्रतिरोधको समस्याले मानव मात्र होइन, पशुपन्छी, वातावरण र कृषि प्रणालीलाई समेत असर गर्ने भएकाले अर्गानिक खेती र रसायनमुक्त उत्पादन प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरीले स्वास्थ्य समस्या न्यूनीकरणमा समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख नारायण राउतले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि सरकार, समुदाय, स्वास्थ्य संस्था र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

पशु चिकित्सक डा. विनय थापा र जनस्वास्थ्य अधिकृत पोषणराज ढकालले प्रतिजैविक प्रतिरोधसम्बन्धी विस्तृत प्रस्तुति दिँदै विश्वमा बढ्दो औषधि प्रतिरोधसम्बन्धी तथ्यांकहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले चिकित्सकको सल्लाहबिना औषधि नदिने र नकिन्ने बानी बसाल्नुपर्ने, साथै औषधि व्यवसायलाई कानुनी रूपमा थप जिम्मेवार बनाउनुपर्ने सुझाव दिनुभयो।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलमान चौधरी, राप्ती आधारभूत अस्पताल कालापानीका प्रशासन प्रमुख धनबहादुर खड्का, लालमटिया स्वास्थ्य चौकी भालुबाङका प्रमुख कृष्ण श्रेष्ठलगायत विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्था प्रमुखहरू र एग्रोभेट व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रमकाे जनस्वास्थ्य निरीक्षक पदमप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो।

Facebook Comments Box
एन प्याब्सन तुलसीपुर नगरको तीज नृत्य प्रतियोगिता सम्पन्न, अमृत एकाडेमी प्रथम
एन प्याब्सनको आयोजनामा ‘प्रोग्रेसिभ एजुकेसन’ विषयक एकदिने शिक्षक कार्यशाला सम्पन्न
बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन
विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम
राप्तीमा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को सल्लाहकार समितिको बैठक सम्पन्न

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?