By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार

अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार

संवाददाता
संवाददाता
२०८१ पुष २४, बुधबार १६:३७

अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो ।

अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएको बताएका छन् । अग्नि नियन्त्रकहरूले हेलिकप्टर र दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगो फैलिएको क्षेत्रमा दुई सय ५० को सङ्ख्यामा विमान र दमकल परिचालन गरिएको छ । तर सुक्खा र एक सय ६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझै फैलिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र हावाले अन्त पनि डढेलो फैलिन सक्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

यसअघि मानिसहरू सुरक्षित ठाउँमा जाने प्रयास गर्दा ठाउँठाउँमा गाडीको आवागमन प्रभावित भएको थियो । कतिपयले आफ्नो गाडी छाडेर भागेका छन् । सान्टा आना नामक शक्तिशाली हुरीले डढेलोलाई तीव्र गतिमा फैलाएको खबरमा उल्लेख छ । डढेलोको जोखिम अझै उच्च भएकाले चेतावनी जारी गरिएको छ ।

विगत केही वर्षयता अमेरिकामा डढेलोको आकार र अवधि बढेको पाइएको छ । सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिरहन्छन् । सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा अहिलेसम्मकै खराब डढेलो लागेको थियो ।स्रोत उज्यालो अनलाइन

Facebook Comments Box
नेतृत्व चयनमा होमियो जेसिस
दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ
समाचार प्रभाव : अपांगता सहायता सामग्रीमा अनियमितता भएको भनिएको रकम फिर्ता 
अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन
रातभरको झिलिमिलीले सकसमा गुडका चराहरु

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?