By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन

चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन

संवाददाता
संवाददाता
२०८० जेष्ठ ८, सोमबार १४:०५

८ जेठ, हिरोसिमा । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वासिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन् ।

गत नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिए ।

गत फेब्रुअरीमा वासिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई यस घटनाका कारण रद्द गरिएको थियो ।

जापानको हिरोसिमामा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बाइडेनलाई अमेरिका र चीनबीच प्रस्तावित हटलाइन किन सञ्चालनमा नआएको भनी सोधिएको थियो ।‘तपाईं सही हुनुहुन्छ, हामीसँग एक खुला हटलाइन हुनुपर्छ । बाली सम्मेलनमा राष्ट्रपति सी र मबीच कसरी भेट्ने र के गर्ने भन्नेबारे छलफल भएको थियो,’ उनले पत्रकारहरूको प्रश्नमा सकारात्मक प्रतिक्रिया दिँदै भने ।

एक अर्कासँग वार्ता गर्ने सन्दर्भमा सबै कुरा परिवर्तन भएको स्वीकार्दै उनले भने, ‘मलाई लाग्छ कि तपाईं देख्नुहुनेछ कि सम्बन्धमा छिट्टै तरलता (सुधार) आउँछ ।’

अमेरिकी बाइडेन प्रशासनले सैन्य प्रयोगको जोखिमको हवाला दिँदै उन्नत माइक्रोचिप्सको व्यापारलाई लक्षित गरेर चीनलाई चिढ्याएको थियो ।जी-सेभेनका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूले चीनलाई यस क्षेत्रमा सैन्य गतिविधिबारे चेतावनी दिएको एक दिनपछि राष्ट्रपति बाइडेनले आइतबार ती कदमको बचाउ गरेका छन्।

उनले भने, ‘दक्षिण चिनियाँ सागरमा उसले आफ्नो सेनाको उपस्थिति बढाएको छ छ र यसैकारण मैले यो स्पष्ट पारेको छु हामी चीनसँग केही वस्तुको व्यापार गर्न तयार छैनौं ।’ ‘हामीले अहिले हाम्रा सबै सहयोगीहरूबाट प्रतिबद्धता प्राप्त गरेका छौं उनीहरूले पनि चीनसँग प्रतिबन्धित सामग्री खरिद गर्नेछन्’ उनले चिनियाँ सामानमा लगाइएको प्रतिबन्धबारे भने, ‘तर यो शत्रुतापूर्ण कार्य होइन । यो त केवल सम्बन्धलाई पूर्ववत् कायम राख्न सक्दो प्रयास गर्ने एउटा कडी हो । हामी यो सुनिश्चित गर्न चाहन्छौं ।’ एएफपी

Facebook Comments Box
डिजेल र मट्टितेलको मूल्य घट्यो
फोन‌ गर्न भन्दै मोबाइल मागेर लुटपाट गर्ने ४ जना पक्राउ
नेशनल प्याब्सन दाङले शिक्षक शिक्षिकालाई पेशागत तालिम प्रदान
जिल्ला बचत तथा ऋण सहकारीको २० औँ स्थापना दिवस मनाईने,नवनिर्मित भवनको उद्घाटन हुने
तुलसीपुरमा जुवा(तास) खेलिरहेका ९ जना पक्राउ

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?