दाङ । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दाङमा सञ्चालित गोरखा समूहअन्तर्गतका विभिन्न विद्यालय, कलेज तथा अस्पतालले १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
गोरखा समूहअन्तर्गतका विभिन्न संस्था, शिक्षक तथा कर्मचारीबाट संकलित कुल रु. १० लाख १ हजार १४७ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो।
सहयोग रकममध्ये गोरखा स्कुल, घोराहीबाट रु. २ लाख ५३ हजार, गोरखा स्कुल, तुलसीपुरबाट रु. २ लाख ३१ हजार ४४५, गोरखा स्कुल, लमहीबाट रु. १ लाख ५६ हजार र गोरखा स्कुल, लालमटियाबाट रु. ७९ हजार सहयोग गरिएको छ।
त्यस्तै, गोरखा रेसिडेन्सियल स्कुलबाट रु. ४५ हजार १३३, भिक्टोरिया कलेजबाट रु. ५० हजार ४५८, गोरखा मोडल कलेजबाट रु. ५० हजार तथा स्वर्णिम देवखुरी कलेजबाट रु. ३५ हजार सहयोग गरिएको छ।
यसैगरी गोरखा पब्लिक हस्पिटलबाट रु. १ लाख १ हजार १११ सहयोग गरिएको छ।
बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयका शिक्षक तथा कर्मचारीबाट उक्त रकम संकलन गरिएको हो।



