रसुवा घटनाका पीडित परिवारलाई रेडियो प्रकृतिका उपाध्यक्ष चालिसेद्वारा ५१ हजार सहयोग

तुलसीपुर, १३ भदौ । रसुवा घटनाबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि तुलसीपुरमा व्यवसाय गर्दै आएका रेडियो प्रकृतिका बरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसेले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन । विपद्को कठिन घडीमा पीडित परिवारको दुःखमा थोरै भए पनि साथ दिने उद्देश्यले आफूले उक्त रकम सहयोग गरेको उनले बताएका छन् । सहयोग रकमभन्दा पनि विपद्का बेला एक-अर्काको साथ, सहयोग र मानवीय भावना महत्वपूर्ण हुने उशको भनाइ छ । विपदबाट प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले सहयोग र सहकार्यका लागि सबैमा हार्दिक आग्रह समेत गरेका छन्। ‘विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा मलम लगाउन सकियोस् भन्ने भावनाले सहयोग गरेको हुँ । सहयोग रकमभन्दा पनि यस्तो समयमा एक–अर्काको साथ र मानवता महत्वपूर्ण हुन्छ,’ उनले भने । तुलसीपुरमा व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका उनले रसुवा घटनाबाट प्रभावित परिवारले शीघ्र राहत पाउनुका साथै पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना समेत गरेका छन्। उनको यो सहयोगले विपदमा परेका परिवारलाई केही राहत पुग्नुका साथै अन्य व्यक्ति तथा संस्थालाई पनि मानवीय सहयोगका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस