पश्चिम दाङमा मामाघर गएका बालकको काठले च्यापिएर मृत्यु

दाङ, २१ असार ।

दाङमा खेल्ने क्रममा काठले च्यापिएर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ लालपुरका मिथुन बिकका ८ वर्षिय छोरा आरबको काठले च्यापिएर मृत्यु भएको हो ।

बालक शान्तिनगरमा मामाको घरमा बस्दै आएका थिए । मृतकका बुवा वैदेशिक रोजगारीको क्रममा युकेमा छन । विदेशमै रहेको बेला श्रीमतीसंग सम्बन्ध बिच्छेद भएको थियो । श्रीमतीसंगको सम्बन्ध बिच्छेदपछि छोरा मामाघरमा बस्दै आएका थिए ।

बुवा मिथुन बिकले छोराको हत्या भएको आरोप लगाएका छन । उनले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन । उनी भन्छन घटना भएकै दिन छोरालाई घरमा ल्याउने तयारी थियो ।

प्रहरीका अनुसार शाान्तिनगर गाउँपालिका–४ स्थिति कटान गरेर राखेको काठमा खेल्ने क्रममा काठले च्यापिएर निधन भएको प्रारम्भिक अनुमान गरिएको छ । तर घटनाको वास्तविकता पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस