दाङको देउखुरीस्थित राप्ती पुलमा आत्महत्या प्रयास गरेका एक युवा पासो फुस्केर नदीमा खसेपछि माछा मार्नेले उद्धार गरी प्रहरीलाई बुझाएका छन् ।
राप्ती गाउँपालिका-४ मौरीघाट निवासी वर्ष ३० का हेमन्त गिरी भालुवाङस्थित राप्ती पुलमा ट्रयाकसुटको पासो लगाई आत्महत्या गर्न खोज्दा पासो फुस्केर पुलबाट नदीमा खसेका थिए ।
नदीमा खसेका गिरीलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले जानकारी दिएका छन् ।
पुलबाट नदीमा खसेको देख्नासाथ माछा मार्नेहरूले सकुशल उद्धार गरी प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङ र सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेटक्वाटर ज्वालामाईगणबाट खटिएको प्रहरी टोलीले समेत उद्धार गरी भालुवाङ अस्पताल पुर्याएको थियो ।
घाइते गिरीको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ । घाइते गिरीले किन आत्महत्याको प्रयास गरेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



