दाङका सबै पेट्रोल पम्पमा पाइन थाल्यो डिजेल पेट्रोल

दाङका विभिन्न पेट्रोल पम्पमा हिजो असार १६ गते बेलुका देखि नपाइएको डिजेल, पेट्रोल आज असार १७ गते बेलुका ५ बजे देखि सहज रूपमा पाइन थालेको छ ।

दाङका जिल्ला मुख्य बजार घोराही र तुलसीपुरमा पेट्रोल पम्पहरूले “पेट्रोल छैन”, “डिजेल छैन” लेखेको सूचना टासेरै पेट्रोल पम्प बन्द गरेका थिए । तर आज असार १७ गते बेलुका ५ बजे देखि भने सम्पूर्ण पेट्रोल पम्पमा सहज रूपमा डिजेल, पेट्रोल पाइन थालेको छ ।

आज असार १७ गते मात्र नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो कार्यलय तुलसीपुर बाट मात्रै १ लाख ४ हजार लिटर पेट्रोल र २ लाख १६ हजार लिटर डिजेल गरिएको कार्यालय प्रमुख बिनोद बस्नेतले जानकारी दिएका छन । बस्नेतका अनुसार पेट्रोल अभाव भएको भनेर हल्ला फैलिए पनि वास्तविकता यस्तो नभएको र निजी क्षेत्रका पेट्रोल पम्प सन्चालकले भित्रि सूचना पाउँदा मूल्य घट्ने सूचना चुहावट भएका कारण पेट्रोल पम्प सञ्चालकले जानाजान स्टक नउठाउदा कृत्रिम अभाव सिर्जना भएको बताएका छन ।

हिजो बसेको नेपाल आयल निगम लिमिटेडको निर्णय अनुसार पेट्रोलाम २० रूपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रूपैयाँ र खाना पकाउने ग्यास प्रति सिलिन्डर १०० रूपैयाँ घटाउने निर्णय संगै बन्द भएका पेट्रोल पम्पहरूमा आज असार १७ गते बेलुका ५ देखि दाङ जिल्लाका सम्पूर्ण पेट्रोल पम्पमा पेट्रोल डिजेल सहज रूपमा पाउन थालिएको छ ।

 

 

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस