गुल्मी, असार १७ — गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारी मा जङ्गली जनावर नियन्त्रणका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ६० वर्षीया हुमकला भण्डारी रहेको प्रहरीले जनाएको छ। गएराति करिब १:३० बजे करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
भीमकिरण बोगटी का अनुसार मृतकका श्रीमान् भेषराज भण्डारी ले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए।
घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति :
२०८३ असार १७ गते बुधवार



