अस्पतालका चौकीदार सानीभेरी नदिमा मृत फेला

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -४ स्थित सानीभेरी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । आज सोमबार बिहान सानीभेरी नदिको नयाँखोलास्थित किनारमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद बहादुर पौडेलका अनुसार उक्त शव सानीभेरी गाउँपालिका -७ निवासी ४७ वर्षीय रामबहादुर ओलीको रहेको छ । ओली आईतबार दिउँसो नुहाउँने क्रममा सानीभेरी नदिमा बेपत्ता भएका थिए ।

ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्ड (चौकीदार) पदमा कार्यरत थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस