दाङको तुलसीपुरमा पहिलो पटक फुड डेलिभरी एप्स सञ्चालनमा आएको छ । ‘Treatss’ नामक यस एपमार्फत अब स्थानीयले घरमै बसेर विभिन्न प्रतिष्ठित होटल तथा रेस्टुरेन्टबाट खाजा तथा परिकार अर्डर गर्न सक्ने छन ।
यो ‘Treatss’ एप्स Google playstore तथा IOS दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ । एपमार्फत प्रयोगकर्ताले सहज रूपमा मोबाइलमार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
हाललाई तुलसीपुर क्षेत्रको करिब ५ किलोमिटर आसपाससम्म डेलिभरी सेवा प्रदान गरिनेछ । एपमार्फत स्थानीय होटलका विभिन्न परिकार छिटो र भरपर्दो रूपमा ग्राहकसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
यस सेवाले तुलसीपुरका होटल व्यवसायीलाई डिजिटल माध्यमसँग जोड्दै व्यवसाय विस्तारमा टेवा पुर्याउने विश्वास गरिएको छ भने उपभोक्तालाई पनि घरमै बसेर सजिलो तरिकाले खाना अर्डर गर्ने सुविधा उपलब्ध गराएको छ ।
स्थानीय स्तरमै सुरु गरिएको यो पहलले आगामी दिनमा अन्य सहरहरूमा समेत विस्तार हुने अपेक्षा गरिएको छ ।
एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस :- Treatss App



